Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

नेपालपाना भाद्र २९ २०७८
  • 2.0K
    SHARES
  • बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

    काठमाडौं। “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, “सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन् ।”

    बालबालिकाको समग्र विकासका लागि बालमैत्री समाज निर्माण गर्न सबैलाई आग्रह गर्दै उहाँले बालबालिकालाई भन्नुभयो, “व्यक्तित्व विकासको महत्वपूर्ण चरणमा रहेका बालबालिकाले अनुशासन र मेहनत गरी अतिरिक्त क्रियाकलापमा सहभागी हुन म आग्रह गर्छु ।” उहाँले सिर्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रहसमेत गर्नुभयो ।

    बाल दिवसका अवसरमा राष्ट्रपति कार्यालयमा बालबालिकासँग भेट्न पाएकामा खुशी व्यक्त गर्दै उहाँले जोड्नुभयो, “बालबालिका भनेका भविष्यका जिम्मेवार नागरिक हुन, परिवार, विद्यालय र राष्ट्रले बालबालिका सहभागिताको विषयमा ध्यान दिनुपर्छ ।”

    राष्ट्रपति भण्डारीले बालबालिकाको विकासका लागि नेपाल सरकारले सङ्घ, प्रदेश, स्थानीय तहमा सडक बालबालिकामुक्त राष्ट्र अभियान, बाल हेल्पलाइन १०९८, बालबालिका खोजतलास केन्द्र, बाल कोष, अस्पतालमा शय्याको व्यवस्था गरेको स्मरण गराउनुभयो । साथै बालबालिकाको संरक्षणका लागि थप चेतनामूलक कार्यक्रम चलाउन जरुरी रहेकोसमेत उहाँको भनाइ थियो ।

    भाद्र २९, २०७८ मंगलवार १९:४३:३८ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana