Logo

बुधवार, मंसिर १५ गते २०७८

images

बाढी पीडितलाई १ करोड २१ लाख बराबरको राहत दिएको गण्डकीका मुख्यमन्त्रीको भनाइ

बाढी पीडितलाई १ करोड २१ लाख बराबरको राहत दिएको गण्डकीका मुख्यमन्त्रीको भनाइ

नेपालपाना भाद्र २९ २०७८
  • 2.9K
    SHARES
  • बाढी पीडितलाई १ करोड २१ लाख बराबरको राहत दिएको गण्डकीका मुख्यमन्त्रीको भनाइ

    काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा बाढी पीडितलाई रु एक करोड २१ लाख ४६ हजार ९७३ बराबरको राहत उपलब्ध गराइएको बताएका छन् ।

    गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले बर्खायामको सुरुआतसँगै गण्डकी प्रदेश र मुलुकभर बाढी पहिरोले ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो । असार १ गतेयता प्रदेशमा बाढीपहिरोमा परी ३३ जनाको मृत्यु, ४४ जना घाइते र दुईजना अझै बेपत्ता भएको उहाँले बताए।

    भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमार्फत सङ्कलन भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बाढी पहिराका कारण ५०२ घर, पाँच सरकारी कार्यालय, सात विद्यालय, छ सामुदायिक भवन, २५ हाइड्रोपावर, ३६ पक्की पुललगायतमा क्षति पुग्नुका साथै १७६ ठाउँको सडकमा क्षति पुगी यातायात अवरुद्ध भएको जानकारी दिए ।

    उनका अनुसार प्रदेशमा विपद्को समयमा ७३१ घरका तीन हजार ७७० लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने एक हजार २०५ घरधुरीका चार हजार ७६५ जनालाई रु ७९ लाख ६१ हजार ८९३ बराबरको जिन्सी सामग्री र रु ४१ लाख ८५ हजार नगद राहत वितरण गरिएको छ । हिमाली जिल्ला मनाङ सुरुमै प्रभावित भएपछि आफू स्वयं राहत सामग्रीसहित सदरमुकाम चामे पुगेको उनले स्मरण गराए ।

    भाद्र २९, २०७८ मंगलवार १९:४६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गण्डकी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana