Logo

बुधवार, मंसिर १५ गते २०७८

images

सत्ता गठबन्धन फुट्दै, कांग्रेस र एमालेको सरकार बनाएर चुनाव जानेतिर अघि बढ्यो राजनीति

सत्ता गठबन्धन फुट्दै, कांग्रेस र एमालेको सरकार बनाएर चुनाव जानेतिर अघि बढ्यो राजनीति

नेपालपाना भाद्र ३० २०७८
  • 22.2K
    SHARES
  • सत्ता गठबन्धन फुट्दै, कांग्रेस र एमालेको सरकार बनाएर चुनाव जानेतिर अघि बढ्यो राजनीति

    काठमाडौं । मन्त्रिमण्डल विस्तार र एमसीसी लगायत विषयले सत्ता गठबन्धनमा दरार बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनका नेताहरुको चालढालले आजित छन् । अर्कोतिर देउवा एमालेसँग सम्वादमा छन् ।

    यस्तो बेला पूर्वमन्त्री हृदयेश त्रिपाठी भने अब नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बन्न सक्ने राजनीतिक परिस्थिति बन्दै गएको देख्छन् । राजनीतिक द्वन्द्वले मुलुक ठूलो संवैधानिक दुर्घटनातिर जाने देखिएकाले दुई ठूला दल मिलेर जाने देखिएको उनको आंकलन छ ।

    हिजोमात्रै जसपा अध्यक्ष बाबुराम भट्टराईले पनि सत्ता गठबन्धन धेरै दिन नटिक्ने संकेत गरिसकेका छन् ।

    नेता त्रिपाठीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने, ‘अहिलेको राजनीतिक घटनाक्रम हेर्दा मुलुकमा २०५५ को पुनरावृत्ति हुने देखिएको छ । त्यतिखेर एमाले र माले विभाजन हुँदा कांग्रेस र मालेको सरकार थियो । त्यसपछि कांग्रेस र एमालेको सरकार बनेर चुनावमा जाने परिस्थिति बन्यो । अहिले शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । तर देउवाले सहयोगी दलहरुको पूरा साथ पाइरहनु भएको छैन । वैचारिक रुपमा पनि र तात्कालिक उद्देश्यका लागि पनि । जस्तोः एमसीसीकै विषयमा पनि गठबन्धन दलहरुबीच दरार आएको छ । यस्तै हुने हो भने एमाले र कांग्रेसको सरकार बनाएर चुनावमा जाने स्थिति बन्न सक्छ । यो खिचडीका पछाडि अल्कपनीय परिघटना हुन सक्छ ।’

    नेता त्रिपाठीले प्रधानमन्त्री देउवाको प्रचण्ड र माधवसँगको सम्बन्ध लामो समय नरहने संकेत गरे । उनले भने, ‘अहिले हेर्नुस्, गठबन्धन दलहरुको मनस्थिति गए गुज्रेको छ । मन्त्रीको नाम दियो, पार्टी फुट्छ । सांसदहरुलाई मन्त्री दिने भनेर तानेका छन् । कांग्रेस महाधिवेशनसम्म मात्र चुनावमा नजान खोजेको हो । ऊ लामो समय सरकार चलाउन चाहँदैन । लामो समय सरकार चलाए अलोकप्रिय होइन्छ भन्ने उसलाई थाहा छ । हामीले भौगोलिक पुनसंरचना गर्यौं, राज्यको पुनःसंरचना गर्न सकेनौं । त्यसले जो सरकारमा भए पनि अलोकप्रिय हुन्छ । तर देउवा चुनावमा जान चाहँदा प्रचण्ड, माधव नेपालहरु त्यसमा सहमत हुँदैनन् । त्यसैले अहिलेको समीकरण बदलिन सक्छ ।’

    उनले एमसीसीमा दलहरुले दोहोरो मापदण्ड अपनाएको बताए । उनले थपे, ‘सत्तामा हुँदा सबैले एमसीसीलाई अघि बढाएका हुन । यो विकास अनुदान हो । हामीलाई थाहा छ, तत्कालीन नेकपा एमालेले गरेको गल्तीका कारण अरुण तेस्रोबाट वञ्चित भयौं । यो अनुमोदनको विषय थियो कि थिएन भन्दा पनि तत्कालीन अर्थमन्त्रीको मूर्खतापूर्ण कामका कारण संसद्मा आयो । अहिले नेताहरुको विश्वसनीयतामा प्रश्न उठेको छ । एमसीसी अनुमोदन नगर्दा अरुलाई होइन, नेपाललाई घाटा हुन्छ । सम्झौता गर्नुभन्दा अगाडि १० पटकमा सोच्नुपर्थ्र्यो । सम्झौता गरेपछि अनुमोदन गर्नुको विकल्प छैन ।’

    भाद्र ३०, २०७८ बुधवार १०:०८:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana