Logo

सोमवार, कार्तिक १ गते २०७८

images

पार्टी फुट्ने डरले उपेन्द्रले आफू सरकारमा गएनन्, देउवालाई पनि मन्त्रिपरिषद् विस्तार गर्न दिएनन्

पार्टी फुट्ने डरले उपेन्द्रले आफू सरकारमा गएनन्, देउवालाई पनि मन्त्रिपरिषद् विस्तार गर्न दिएनन्

नेपालपाना भाद्र ३० २०७८
  • 4.2K
    SHARES
  • पार्टी फुट्ने डरले उपेन्द्रले आफू सरकारमा गएनन्, देउवालाई पनि मन्त्रिपरिषद् विस्तार गर्न दिएनन्

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन पुगेको हो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६० दिन नघिसकेको छ । उनले मन्त्रिपरिषद् पूर्णता दिन पटकपटक प्रयास गरे पनि सफल हुन सकेका छैनन् ।

    पछिल्लोपटक अध्यादेश समस्याका रूपमा प्रस्तुत भएको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले अध्यादेश खारेज भएपछि सरकारमा सहभागिता जनाउने नीति लिएको छ ।

    तर, सरकारलाई समर्थन गरेको अर्को दल नेकपा एमालेबाट विभाजन भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने प्रधानमन्त्रीसामु अध्यादेश खारेज नगर्न अनुरोध गरेको छ ।

    सरकारलाई समर्थन गरेका दुई दलका फरक मतका कारण प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न नै समस्या उत्पन्न भएको हो । गठबन्धनका नेताहरुले उपेन्द्र यादवलाई अहिले हामी थपेर मन्त्रिपरिषद् विस्तार गर्छौ भन्दा पनि मानेनन् ।

    उनले दल फुट्ने डरले आफू त सरकारमा सहभागी भएनन् भएनन् प्रधानमन्त्री देउवालाई गर्न पनि दिइरहेका छैनन् ।

    भाद्र ३०, २०७८ बुधवार १२:४२:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana