Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

नेपालपाना भाद्र ३० २०७८
  • 2.6K
    SHARES
  • आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

    एजेन्सी।  रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि बेलायतका राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।

    संस्थाका अध्यक्षद्वारा रूसी बैंकरबाट नगदबारे प्रारम्भिक स्वीकृति लिएको विषयमा छानबिन सुरु भएपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्ष डगलस कोनेलले बुधबार राजीनामा दिएका हो । 

    चाल्र्सले उक्त पैसाको लागि रूसी अधिकारी दिमिट्री लिउसलाई धन्यवाद दिंदै एउटा पत्र लेखेको र महामारीपछि भेट्ने आश्वासन दिएको भन्ने सुझावपछि स्कटल्याण्डको परोपकारी संस्था नियामक निकायले जाँच शुरु गरेको हो ।

    अध्यक्ष डगलस कोनेलले भने ‘यदि गम्भीर गलत आचरण भएको जस्तो देखिएमा’ मात्रै आफू दोषी भएको ठहरिने बताए ।

    उनले भने, “प्रिन्स फाउन्डेशन भित्र र बाहिर विभिन्न प्रकारका दुव्यवहारपूर्ण गतिविधिहरू भएका हुन सक्छन् भन्ने अखबारको रिपोर्ट देखेर म स्तब्ध र निराश भएको छु । “मेरो विचारमा यो समय मेरो लागि सही कदम भनेको जिम्मेवारी स्वीकार गर्नु र भूमिकाबाट अलग हुनु नै हो ।”

    सन् २००४ मा रूसमा सम्पत्ती शुद्धिकरण कार्यमा लिउस दोषी भएको पत्ता लागेपछि फाउन्डेसनको आचारसंहिता समितिले अनुदान अस्वीकार गरेको थियो । आफूलाई दोषी ठहराइएकोमा आश्चर्य व्यक्त गर्दै आफू राजनैतिक तवरमा उत्प्रेरित अभियोगको शिकार बनेको दाबी कोनेलले गरे । 

    आइतबार गरिएको एक इमेलमा लियसले तेस्रो पक्षका फिक्सरमार्फत फाउन्डेसनलाई पाँच लाख पाउण्डस्टर्लिङ दिएको बताइएको छ । तर फाउन्डेसनले भने एक लाख पाउण्ड  पाउण्ड मात्रै पठाएको बताएको छ । आचारसंहिता समितिले हस्तक्षेप गर्नुअघि सुरुमा त्यो अनुदान स्वीकार गरिएको थियो ।

    भाद्र ३०, २०७८ बुधवार १९:१९:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana