Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

२ मन्त्री र ३ राज्यमन्त्री थपिए, मुख्यमन्त्री आचार्यले गराए सपथ ग्रहण

२ मन्त्री र ३ राज्यमन्त्री थपिए, मुख्यमन्त्री आचार्यले गराए सपथ ग्रहण

नेपालपाना भाद्र ३० २०७८
  • 4.3K
    SHARES
  • २ मन्त्री र ३ राज्यमन्त्री थपिए, मुख्यमन्त्री आचार्यले गराए सपथ ग्रहण

    काठमाडौं। प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्यले प्रदेश मन्त्रिपरिषद् विस्तार गर्दै बुधबार २ मन्त्री र ३ राज्यमन्त्री थपेका छन् ।

    संविधानको धारा १६८ को उपधारा (९) बमोजिम उनले पाँच दुई मन्त्री र तीन राज्यमन्त्री थपेका हुन । 

    जस अनुसार तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री बनाइएको छ ।

    मुख्यमन्त्री आचार्यले उत्तमकुमार बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाएकाछन । 

    भदौ १० गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका आचार्यले नवनियुक्त पाँचै मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

    भाद्र ३०, २०७८ बुधवार १९:२८:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana