Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

रुपन्देहीमा ओलीको भव्य भाषण, खुलेर भने- देश बनाउन एमाले चाहिन्छ

रुपन्देहीमा ओलीको भव्य भाषण, खुलेर भने- देश बनाउन एमाले चाहिन्छ

नेपालपाना भाद्र ३० २०७८
  • 5.1K
    SHARES
  • रुपन्देहीमा ओलीको भव्य भाषण, खुलेर भने- देश बनाउन एमाले चाहिन्छ

    काठमाडाैं ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधवार रुपन्देहीको बुटवलमा भव्य भाषण गरेका छन् ।

    नेकपा (एमाले) रुपन्देहीले बुधवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन एमाले चाहिने बताएका छन् ।

    सम्बोधनका क्रममा ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङ मार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।”
      
    पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गरे । 

    उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे ।  उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले  अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । 

    यस्तै उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

     

    भाद्र ३०, २०७८ बुधवार २०:१३:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana