Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

भूमि आयोगका अध्यक्षलाई प्रधानमन्त्री देउवाले गराए शपथ

भूमि आयोगका अध्यक्षलाई प्रधानमन्त्री देउवाले गराए शपथ

नेपालपाना भाद्र ३० २०७८
  • 2.8K
    SHARES
  • भूमि आयोगका अध्यक्षलाई प्रधानमन्त्री देउवाले गराए शपथ

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उनलाई शपथ गराएका हुन् । 

    सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए । 

    शपथपछि प्रधानमन्त्री देउवाले भूमिसम्बन्धी समस्या लिपीबद्ध तथा व्यवस्थित गरेर दत्तचित्तका साथ समाधान गर्ने अपेक्षासहित आयोगका पदाधिकारीलाई बधाई दिएका थिए । 

    मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गर्ने निर्णय गर्दै अध्यक्षमा निरौला र उपाध्यक्षमा खड्कालाई नियुक्त गर्ने निर्णयसमेत गरेको थियो । 

    भाद्र ३०, २०७८ बुधवार २०:४८:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana