Logo

सोमवार, कार्तिक १ गते २०७८

images

अफगानिस्तानमा तालिबान शासन : अफगान विश्वविद्यालयमा महिलाहरुले अनिवार्य निकाब लगाउनुपर्ने

अफगानिस्तानमा तालिबान शासन : अफगान विश्वविद्यालयमा महिलाहरुले अनिवार्य निकाब लगाउनुपर्ने

नेपालपाना भाद्र ३१ २०७८
  • 2.0K
    SHARES
  • अफगानिस्तानमा तालिबान शासन : अफगान विश्वविद्यालयमा महिलाहरुले अनिवार्य निकाब लगाउनुपर्ने

    काबुल। अफगानिस्तानका  विश्वविद्यालयहरुमा पढ्ने महिलाहरुले अबाया र निकाब लगाउनुपर्ने अनिवार्यता गरिएको छ। महिलाहरुले अधिकांश अनुहार ढाकेको हुनुपर्ने आदेश तालिबानले दिएको छ। त्यसैगरि कक्षाहरु पनि लिंग अनुसार फरक फरक गरिनुपर्ने बताइएको छ। 

    तालिबानको शिक्षा प्राधिकरणले जारी गरेको एउटा लामो दस्तावेजमा उनीहरुले छात्राहरुले पढ्न पाउने आदेश दिइएको छ। तर, छात्र र छात्राका लागि अलग कक्षाहरु सञ्चालन गरिनुपर्ने बताइएको छ। 

    यो आदेश निजी कलेज र विश्वविद्यालयहरुमा लागु हुने बताइएको छ। तालिबानको पहिलो शासन २००१ मा समाप्त भएपछि छात्रछात्रालाई स्वतन्त्ररुपमा पढ्नका लागि अनुमति दिइएको थियो। 

    शनिबार ढिलो गरी जारी गरिएको नयाँ नियमहरुमा महिलाहरुलाई सबै ढाकिएको बुर्का लगाउनको लागी भने कुनै आदेश थिएन, तर निकाबले प्रभावकारी ढंगले धेरै जसो अनुहार ढाक्नुपर्ने र आँखामात्र देखाउनुपर्ने उल्लेख गरिएको छ। 

    विश्वविद्यालयहरु महिला सुविधाहरुको आधारमा महिला विद्यार्थीहरुको लागी महिला शिक्षक भर्ती गर्न आवश्यक रहेको उक्त आदेशमा भनिएको छ। पुरुष र महिलाहरु लाई अलग प्रवेश र निकासको व्यवस्था गरिनुपर्ने बताइएको छ। 

    यदि यो महिला शिक्षकहरु भर्ना गर्न सम्भव नभएसम्म कक्षाहरु सञ्चालन गर्न नहुने बताइएको छ। हालैका वर्षहरुमा बुर्का र निकबहरु काबुलको सडकहरुमा खासै देखिन छोडेको थियो। निजी विश्वविद्यालयहरु सोमबारदेखि खोल्ने भनिएपछि यो आदेश जारी गरिएको हो। 

    तालिबानले सरकारमा महिलाको सहभागीता नगराएको र महिला अधिकारको सुरक्षाको सुनिश्चितता हुनेपर्ने बताएका छन्। तर, तालिबानले उक्त आन्दोलहरुमा दमन गरिरहेको छ। तालिबान सरकारले कानुन मन्त्तालयको अनुमति बिना आन्दोलनहरु नगर्न चेतावनी दिइएको छ। 

    भाद्र ३१, २०७८ बिहिवार ०७:४६:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # तालिवान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana