Logo

मंगलवार, श्रावण ३१ गते २०७९

images

लागुऔषध तस्करीको मुख्य ट्रान्जिट हब बन्दै श्रीलंका : अधिकारी

लागुऔषध तस्करीको मुख्य ट्रान्जिट हब बन्दै श्रीलंका : अधिकारी

नेपालपाना भाद्र ३१ २०७८
  • 6.2K
    SHARES
  • लागुऔषध तस्करीको मुख्य ट्रान्जिट हब बन्दै श्रीलंका : अधिकारी

    कोलम्बो। अन्तराष्ट्रिय लागुऔषध तस्करहरु श्रीलंकालाई एसियाको मुख्य ट्रान्जिट हबको रूपमा प्रयोग गरिरहेका छन्। अधिकारीहरुका अनुसार लागुऔषध नियन्त्रणको श्रृंखला वृद्धि हुन थालेपछि ब्राजिलबाट चिनीका कन्टेनरमा लागुऔषध तस्करी हुन थालेको जनाइएको छ। 

    श्रीलंकाको भन्सारले १४ महिनाको अवधिमा दक्षिण अमेरिकी शुद्ध कोकिनको छ वटा ढुवानी नियन्त्रण गरेको छ, जसमा एशियाको सबैभन्दा ठूलो लागुऔषधको कन्टेनर नियन्त्रणमा लिइएको जनाइएको छ। उक्त लागुऔषध डिसेम्बरमा नियन्त्रणमा लिइएको हो। 

    श्रीलंका कोकेनको हब बन्दै गइरहेको छ किनकि यहाँ कानुन प्रतिबन्धहरु सहज र खुकुलो भएका कारण लागुऔषध तस्करहरुले श्रीलंकामा जोखिम भएको बताइएको छ। एक शीर्ष प्रहरी अधिकारीले  पछिल्लो हप्तामात्र दुई समूहलाई नियन्त्रणमा लिइएको जनाएका छन्। 

    हामी विश्वास गर्दैनौं कि यी कन्टेनरहरु गल्तीले यहाँ आए। किन यी कोकीन कन्टेनरहरु ब्राजिलको चिनी आयात गर्ने अरु कुनै देशमा जादैनन् ?, ती अधिकारी प्रश्न गरे। 

    श्रीलंकामा एक हजार ७७० केजी अर्थात १४० मिलियन अमेरिकी डलर बराबरको कोकिन बरामद गरेको छ। जसमध्ये ८४० किलो ब्राजिलबाट चिनी ढुवानी गर्ने कन्टेनरमा ल्याइएको पाइएको थियो। 

    एसियामा सबैभन्दा ठूलो कोकिन ९२८ केजी बरामद गरिएको छ। कोलम्बियन सिप बाउन्डबाट भारततर्फ लैजान लागेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हो। 

    श्रीलंकाका प्रहरीले उक्त कोकिन तस्करीको गन्तव्य श्रीलंका नै भएको हो भन्ने कुरालाई स्वीकार गरेका छैनन्। तर, पछिल्लो समय व्यापकरुपमा श्रीलंकामा लागुऔषध बरामद भइरहेको छ। 

    भाद्र ३१, २०७८ बिहिवार ०७:५७:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # श्रीलंका
  • # लागुऔषध तस्करी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend