Logo

बुधवार, कार्तिक ३ गते २०७८

images

एक्कासी बढ्यो पूर्वप्रधानमन्त्री ओलीको सक्रियता, झापादेखि बुटवल हुँदै शीतलनिवाससम्म दौडधुप, आज काठमाडौंमा गर्जिँदै

एक्कासी बढ्यो पूर्वप्रधानमन्त्री ओलीको सक्रियता, झापादेखि बुटवल हुँदै शीतलनिवाससम्म दौडधुप, आज काठमाडौंमा गर्जिँदै

नेपालपाना भाद्र ३१ २०७८
  • 3.5K
    SHARES
  • एक्कासी बढ्यो पूर्वप्रधानमन्त्री ओलीको सक्रियता, झापादेखि बुटवल हुँदै शीतलनिवाससम्म दौडधुप, आज काठमाडौंमा गर्जिँदै

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ । माधव नेपालले पार्टी विभाजनको प्रयास गरिरहेका बेला एमालेलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीले दौडधुप बढाएका हुन् ।

    मंगलवार गृहजिल्ला झापा पुगेर कार्यकर्ता तथा नागरिकतामा जागरण ल्याएका ओलीले बुधवार बुटवलमा कार्यकर्तामा उर्जा भरे । आफ्नो मिठो सम्बोधन र गरेका कामहरुको फेरिहहस्त सुनाएर ओलीले कार्यकर्तामा जागरण ल्याइरहेका छन् ।

    एकातिर जिल्ला जिल्ला जागरण ल्याइरहेका छन् भने अर्कोतिर पार्टी एकताबद्ध बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधवार बुटवलमा कार्यकर्तामा उर्जा भरेर ओलीले सिधै शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

    भण्डारीसँग राति ८ बजेदेखि १० बजेसम्म दुई घण्टा छलफल भएको थियो । संसद् अवरोध, माधव नेपालको फुटवादी भूमिका र एमालेको भूमिकामा विषयमा परामर्श गरेका थिए ।

    ओलीले आज काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् ।काठमाडौंमा ओली गर्जन आज हुने भएको छ । ओलीले नेता कार्यकर्तामा जागरण ल्याउन आफूले गरेका कामहरु र माधव नेपालले गरेको षडयन्त्रको फेरिहस्त सुनाइरहेका छन् ।

    भाद्र ३१, २०७८ बिहिवार ११:२२:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana