Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

माधवकुमार नेपालले लिएको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य

माधवकुमार नेपालले लिएको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य

नेपालपाना भाद्र ३१ २०७८
  • 2.4K
    SHARES
  • माधवकुमार नेपालले लिएको बाटो सही छैन : अष्टलक्ष्मी शाक्य

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् ।

    बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई पार्टीमा फर्किन आह्वान गरिन् । 'कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ ।

    माधव नेपाल हाम्रो नेता हो । अग्रज हो । आज आफूले त्याग गरेको, समर्पण गरेको, ज्यान दिएको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । आफूले दु:ख गरेको पार्टीमा फर्किनुस् । समीक्षा गर्नुस् । सुदृढ एमाले बनाउन तपाईको भूमिका छ । त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन,' उनले भनिन् ।

    भाद्र ३१, २०७८ बिहिवार १४:१८:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana