Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

पाकिस्तान र अन्डरवल्र्डबाट सञ्चालित ६ आतंककारीलाई दिल्ली पुलिसले गर्याे गिरफ्तार

पाकिस्तान र अन्डरवल्र्डबाट सञ्चालित ६ आतंककारीलाई दिल्ली पुलिसले गर्याे गिरफ्तार

नेपालपाना भाद्र ३१ २०७८
  • 5.0K
    SHARES
  • पाकिस्तान र अन्डरवल्र्डबाट सञ्चालित ६ आतंककारीलाई दिल्ली पुलिसले गर्याे गिरफ्तार

    नयाँ दिल्ली । दिल्ली पुलिसले मंगलबार एक आतंककारी योजनामा काम गरिरहेका ६ जना संदिग्धहरुलाई गिरफ्तार गरेको छ ।

    दिपावली, रामलिला लगायतका ठूला पर्वहरु नजिक आईरहेको बेला भयानक आतंककारी हमला गर्ने योजनामा उनीहरु भारत आएको खुल्न आएको छ । मिसन सफल पार्न लागि परेका ६ जनालाई नै दिल्ली प्रहरीको बिशेष युनिटले पक्राउ गरेको हो ।

    ६ जनामध्ये खजुरको व्यापार गरिरहेका २८ वर्षीय जिशान कमर उत्तर प्रदेशबाट पक्राउ परेका छन् । यस्तै, युपीको लखनउबाट ३१ वर्षीय आमिर जादेव र ड्राइभरको काम गर्दै आएका ४७ वर्षीय जान मोहम्मद पनि पक्राउ परेका छन् ।

    यस्तै पक्राउ पर्ने अर्का एक जना अन्डरवल्र्डका लागि काम गर्ने व्यक्ति रहेका छन् । उनी हुन्, अनिस इब्राहिमको 'डी' कम्पनीसँग सम्पर्कमा रहेका र सँगै कृषिकाम गर्ने ४७ वर्षीय मूलचंद उर्फ लाला । यस्तै पक्राउ पर्नेमा २३ वर्षीय अबु बकुर अर्काे व्यक्ति रहेका छन् ।

    दिल्लीमा ड्राइ फ्रुटको कारोबार गर्ने २२ वर्षीय ओसामालाई पनि प्रहरीले पक्राउ गरेको छ । स्रोतका अनुसार यी ६ जना पाकिस्तानी खुफिया एजेन्सी आईएसआई र अन्डर्वल्डसँग काम गरिरहेका थिए । अन्र्डवल्र्डको एक खेमा चलाइरहेका अनीस इब्राहिमले रचेको योजनामा यीनीहरु काम गरिरहेको बताइएको छ ।

    ६ जनैलाई हिरासतमा राखेर अनुसन्धानका लागि १४ दिन म्याद थप गरिएको छ । अनीस इब्राहिम भारतको मुम्बई स्थित गैंगस्टार, आपराधिक समुहका लिडर र ड्रग डिलर हुन् । उनलाई मुम्बइ पुलिसले मास्ट वान्टेडको सुचिमा राखेको छ ।

    भाद्र ३१, २०७८ बिहिवार १५:३०:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana