Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

भारतले बनाएको विद्यालय भवनको उद्घाटन

भारतले बनाएको विद्यालय भवनको उद्घाटन

नेपालपाना भाद्र ३१ २०७८
  • 2.2K
    SHARES
  • भारतले बनाएको विद्यालय भवनको उद्घाटन

    काठमाडौँ। मकावनपुरको लिटी खोला, फापरबारीमा । भारतीय सहयोगमा  निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।

    बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका हुन् । 

    विद्यालय भवनको उद्घाटन भारत सरकारद्वारा स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाउन ‘आजादी का अमृत महोत्सव’ का अवसरमा गरिएको हो ।

    ८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको भवनमा भारतले फर्नीचर, सरसफाइ संशाधन पनि अनुदान सहयोग गरेको छ । यो विद्यालय भवन निर्माण सम्बन्धी सम्झौतालाई उच्च महत्व दिइएको थियो ।

    श्री बागमती निम्न माध्यमिक विद्यालय २०४६ सालमा मकवानपुर जिल्लाको लिट्टी खोलामा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । २०६४ सालमा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति भएको यो विद्यालयमा ३५५ विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् ।

    भाद्र ३१, २०७८ बिहिवार १९:५३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana