Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

माधव नेपालको पार्टीले शुक्रबार आलोकनगरमा कार्यालय उद्घाटन गर्दै

माधव नेपालको पार्टीले शुक्रबार आलोकनगरमा कार्यालय उद्घाटन गर्दै

नेपालपाना भाद्र ३१ २०७८
  • 2.2K
    SHARES
  • माधव नेपालको पार्टीले शुक्रबार आलोकनगरमा कार्यालय उद्घाटन गर्दै

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुहुनेछ । 

    सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी पे्रस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिनुभयो । 

    सोही अवसरमा पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको जनाउनुभयो । उहाँले विधिको शासन कायम गर भन्ने नेकपा ९एमाले० ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाउनुभयो । 

    यसैबीच वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्को हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताउनुभयो । 

    भाद्र ३१, २०७८ बिहिवार २१:०२:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana