Logo

आइतवार, मंसिर १२ गते २०७८

images

बेलायतले पाकिस्तानलगायतका देशलाई हटायो नेपाललाई भने रेडलिस्टमै राख्यो

बेलायतले पाकिस्तानलगायतका देशलाई हटायो नेपाललाई भने रेडलिस्टमै राख्यो

नेपालपाना आश्विन २ २०७८
  • 3.4K
    SHARES
  • बेलायतले पाकिस्तानलगायतका देशलाई हटायो नेपाललाई भने रेडलिस्टमै राख्यो

    काठमाडौं। बेलायतले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धलाई केही खुकुलो पार्दै आफ्नो रेड लिस्टबाट पाकिस्तान, टर्की, माल्दिभ्स, इजिप्ट, श्रीलंका, ओमान, बंगलादेश र केन्यालाई हटाएको छ । तर, नेपाललाई भने बेलायतले रेडलिस्टमै राखेको छ ।

    आउँदो बुधबारदेखि यी ८ वटा देश रेड लिस्टबाट हट्ने छन् । अर्थात् ती ८ देशबाट बेलायत जानेहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने छैन । 

    त्यस्तै खोपको पूरा मात्रा लगाएका ती देशका नागरिकले पीसीआर रिपोर्ट पनि देखाउनुपर्ने छैन । बेलायत सरकारले सार्वजनिक गरेको सूची सन् २०२१ को अन्त्यसम्म रहन सक्छ ।

    बेलायतको रेडलिस्टमा नेपालसहित ५० भन्दा बढी देश रहेका छन् । रेडलिस्टका देशमा १० दिनसम्म बसेकामध्ये बेलायती वा आयरल्याण्डको नागरिक र बेलायतमा बसोबासको अनुमति पाएकाहरु मात्र सहजै बेलायत प्रवेश गर्न पाउनेछन् ।

    आश्विन २, २०७८ शनिवार १९:५७:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana