Logo

शनिवार, मंसिर १८ गते २०७८

images

जसपामा उपेन्द्रका ‘दाहिने हात’ले पनि छोडे साथ, बाबुरामको लाइन पनि फेरियो, भीम रावल तनावमा

जसपामा उपेन्द्रका ‘दाहिने हात’ले पनि छोडे साथ, बाबुरामको लाइन पनि फेरियो, भीम रावल तनावमा

नेपालपाना आश्विन ४ २०७८
  • 32.5K
    SHARES
  • जसपामा उपेन्द्रका ‘दाहिने हात’ले पनि छोडे साथ, बाबुरामको लाइन पनि फेरियो, भीम रावल तनावमा

    काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक समीकरणमा फेरबदल आएको छ । अध्यक्ष उपेन्द्र यादवले दोहोरो चरित्र देखाएपछि उनलाई छाड्नेको संख्या बढ्दैछ । 

    खासगरी अमेरिका सहायता परियोजनामा एमसीसीमा उपेन्द्रले माओवादी अध्यक्ष प्रचण्डजस्तै द्वैध चरित्र देखाएपछि सांसदहरुले साथ छाड्न थालेका छन् । 

    एमसीसीलाई लिएर जसपामा नयाँ गुट निर्माण भएको छ । नेपालको विद्युत प्रसारण लाइन र पूर्वाधार सडक विकासमा कायापलट ल्याउने परियोजनाको पहिले मन्त्री हुँदा समर्थन र अहिले विरोध गरेपछि जसपामा उपेन्द्रसँग असन्तुष्टहरुको संख्या बढ्दै गएको छ ।

    हाल पनि सत्ता गठबन्धनमा रहेका उपेन्द्रले प्रचण्डको पछि लागेर विरोध जनाएपछि पार्टीमा असन्तुष्टि बढेको हो । 

    एकातिर उपेन्द्र विरोधमा उत्रेका छन् भने अर्कोतिर बाबुराम भट्टराई पक्षमा छन् । यस्तोमा पार्टीका प्रभावशाली सांसद तथा उपेन्द्रका दाहिने हात मानिने इस्तियाक राईले लाइन चेञ्ज गरेका छन् । उनले उपेन्द्रको लाइन छाडेर बाबुरामको लाइन समातेका छन् । उपेन्द्रको द्वैध चरित्रको विरोध गरेका छन् । राई एमसीसीको पक्षमा उभिएका हुन् । 

    उनले एमसीसीको कुन कुन बुँदा राष्ट्रघाति छ भनेर यो प्रकरण उचाल्ने भीम रावललाई प्रश्नसमेत गरेका छन् । उनले रावलमात्रै होइन एमसीसीलाई धेरै जानेर उचालिरहेका वरिष्ठ अधिवक्ताहरुलाई पनि जानकारी गराइदिन भन्दै व्यंग्य गरेका छन् । 

    यसअघि राई हल्लाका भरमा एमसीसीको विरोध गर्दै उपेन्द्रकै पक्षमा थिए । तर अहिले वास्तविकता बुझेपछि उनले विरोध गरिरहेकाहरुलाई प्रश्न गरेका छन् ।

    आश्विन ४, २०७८ सोमवार १०:२७:४७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana