Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

आफ्नै कार्यकर्ताबाट कुटिए एमालेका मेयर, पार्टी फुटेपछि आपसमै भिड्न थाले

आफ्नै कार्यकर्ताबाट कुटिए एमालेका मेयर, पार्टी फुटेपछि आपसमै भिड्न थाले

नेपालपाना आश्विन ४ २०७८
  • 7.1K
    SHARES
  • आफ्नै कार्यकर्ताबाट कुटिए एमालेका मेयर, पार्टी फुटेपछि आपसमै भिड्न थाले

    बुटवल । माधव नेपाल अलग भएर विभाजन भएको नेकपा एमालेमा नेता कार्यकर्ता आपसमै भिड्न थालेका छन् । 

    सोमबार बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी पनि आफ्नै पार्टीका कार्यकर्ताबाट कुटिए । उनमाथि जाइलागेर एक युवा कार्यकर्ताले मुक्का बर्साए ।  

    एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य गणेश पंगेनीले मुक्का बर्साएको खुलेको हो । 

    लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा अध्ययरत पंगेनी पहिरो पीडित हुन् । पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा कुनै राहत र क्षतिपूर्ति नदिएको भन्दै पीडाको आक्रोशमा पंगनी आफ्नै नेतामाथि जाइलागेको स्थानीयले बताएका छन् ।

    पार्टी फुटेपछि एमाले कार्यकर्ताहरु आपसमै भिड्न लागेका हुन् । अहिले गालीगलौच र एक अर्काको आलोचनामा भिडिरहेका एमाले कार्यकर्ताहरु हात हालाहालमै उत्रेका छन् ।

    आश्विन ४, २०७८ सोमवार १७:५०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend