Logo

शनिवार, मंसिर १८ गते २०७८

images

हुम्लापछि मुगुमा चीनले मिचेको सीमा अध्ययन गर्न हिँड्यो सरकारी टोली

हुम्लापछि मुगुमा चीनले मिचेको सीमा अध्ययन गर्न हिँड्यो सरकारी टोली

नेपालपाना आश्विन ५ २०७८
  • 10.2K
    SHARES
  • हुम्लापछि मुगुमा चीनले मिचेको सीमा अध्ययन गर्न हिँड्यो सरकारी टोली

    मुगु । मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ ।

    मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर रेखदेख र निरीक्षण गर्न खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

    मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएकोे छ । टोलीलाई सीमा स्तम्भ पुग्न करिब ३ दिन र फर्किन ३ दिन गरी एक साताको समय दिइएको छ ।

    सीमा स्तम्भमा खटिएको टोलीलाई सीमा स्तम्भसम्म पुग्न गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पुलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र मुगुगाउँ हुँदै पैदल हिँडनु पर्ने अवस्था छ ।

    आश्विन ५, २०७८ मंगलवार १०:५०:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला_सीमा_विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana