Logo

आइतवार, मंसिर १२ गते २०७८

images

भारतले जफत गर्याे ३ सय अर्ब बराबरको अफगानी लागुपदार्थ

भारतले जफत गर्याे ३ सय अर्ब बराबरको अफगानी लागुपदार्थ

नेपालपाना आश्विन ५ २०७८
  • 9.2K
    SHARES
  • भारतले जफत गर्याे ३ सय अर्ब बराबरको अफगानी लागुपदार्थ

    काठमाडौं। भारतको राजस्व एवं खुफिया निर्देशनालय (डीआरआई)ले झन्डै ३ खर्ब नेपाली रुपैयाँ बराबरको अफगानिस्तानी हेरोइन (लागूपदार्थ) जफत गरेको छ । भारतले एकै पटक यति ठुलो मात्रामा लागूपदार्थ जफत गरेको सम्भवतः यो पहिलो घटना हो ।

    गुजरातको मुन्द्रा बन्दरगाहमा दुई वटा कन्टेनरबाट २ खर्ब १० अर्ब भारतीय रुपैयाँ (३ खर्ब बढी नेपाली रुपैयाँ) बराबरको ३ हजार किलोग्राम लागूपदार्थ जफत गरिएको हो ।

    तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट इरानको अब्बसा बन्दरगाह हुँदै सेप्टेम्बर १३ र १४ मा यो लागूपदार्थ गुजरात पठाइएको बताइएको छ ।

    आन्ध्र प्रदेश स्थित एक फार्मले आयात गरिरहेको अर्ध प्रशोधित ट्याल्क(कस्मेटिकमा प्रयोग हुने खनिज माटो)भित्र लुकाइएको अवस्थामा दुई कन्टेनरबाट यति ठुलो मात्रामा लागूपदार्थ जफत भएको बताइएको छ ।

    यो मामिलामा चेन्नइबाट एक दम्पतीलाई गिरफ्तार गरिएको छ । यस्तै दिल्ली आसपासबाट थुप्रै अफगानी नागरिकहरुलाई पक्राउ गरिएको बताइएको छ । उनीहरूमाथि तालिबान र आईएसआईसँग संलग्न भएको विषयमा सोधपुछ एवं अनुसन्धान भइरहेको छ ।

    आश्विन ५, २०७८ मंगलवार १९:१२:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana