Logo

आइतवार, मंसिर १२ गते २०७८

images

जम्मु–कश्मीरमा सेनाको हेलिकप्टर दुर्घटना दुई पाइलटको मृत्यु

जम्मु–कश्मीरमा सेनाको हेलिकप्टर दुर्घटना दुई पाइलटको मृत्यु

नेपालपाना आश्विन ५ २०७८
  • 14.4K
    SHARES
  • जम्मु–कश्मीरमा सेनाको हेलिकप्टर दुर्घटना दुई पाइलटको मृत्यु

    एजेन्सी। भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

    स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

    सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो । 

    आश्विन ५, २०७८ मंगलवार २०:५०:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana