Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

देउवाले चकनाचुर पारिदिए उपेन्द्र यादवको सपना, माधव नेपालको पनि केही चलेन

देउवाले चकनाचुर पारिदिए उपेन्द्र यादवको सपना, माधव नेपालको पनि केही चलेन

नेपालपाना आश्विन ६ २०७८
  • 25.5K
    SHARES
  • देउवाले चकनाचुर पारिदिए उपेन्द्र यादवको सपना, माधव नेपालको पनि केही चलेन

    काठमाडौं । सत्तारुढ गठबन्धनमा मतभिन्नता बढ्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आक्रामक रुपमा अघि बढेका छन् । गठबन्धनमा कम्युनिस्ट पृष्ठभूमिका नेताहरुले आफूलाई बन्थक बनाएपछि असन्तुष्ट देउवा एकाएक एक्सनमा उत्रिएका छन् ।

    देउवाले मंगलबार दुइटा निर्णय गराए । पहिलो अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता । दोस्रो परराष्ट्रमन्त्री नियुक्त ।

    दोस्रो निर्णय आफैमा साहसी निर्णय थियो । देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका छन् । आजै सपथ खुवाएर अमेरिकामा चलिरहेको राष्ट्रसंघीय महासभामा नेपालको प्रतिनिधिका रुपमा पठाउने देउवाको तयारी छ ।

    सत्ता गठबन्धनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले मन्त्रीको नामै नदिएर अनिर्णयको बन्दी बनाउने र देशको समय बर्बाद गरेपछि चर्को आलोचना भइरहेको छ । झन अहिले राष्ट्रसंघीय महासभा चलिरहेका बेला देशको प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्री नै नहुँदा चौतर्फी प्रश्न उठ्यो । त्यसपछि देउवाले पेलेर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय लिए ।

    परराष्ट्रमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपाले दाबी गरेको थियो । अझ उपेन्द्र यादव त आफू परराष्ट्रमन्त्री बन्न लागेको भन्दै सहयोग गर्न भन्दै हिँडिरहेका थिए । उनको सचिवालय उपेन्द्र परराष्ट्रमन्त्री बन्दै सहयोग गर्नुपर्यो पछि हामी सहयोग गर्छौ भन्दै हिँडिरहेको थियो । तर उपेन्द्रको परराष्ट्रमन्त्री बन्ने सपना प्रधानमन्त्री देउवाले चकनाचुर पारिदिएका छन् ।

    परराष्ट्रमन्त्रीमा आफ्नो मान्छे ल्याउन माधव नेपालले पनि सकेनन् । उनी पनि परराष्ट्रमन्त्रीमा आफ्नो पार्टीबाट दाबी गर्दैआएका थिए । परराष्ट्रमात्र होइन माधव र उपेन्द्रले सत्तारूढ गठबन्धनमा शक्ति सन्तुलन मिलाउन रक्षा मन्त्रालय पनि कांग्रेस र माओवादी बाहेक अर्को दलले पाउनुपर्ने भन्दै आ-आफ्नो दाबी पेस गरेका थिए ।

    तर देउवाले परराष्ट्र मात्रै होइन रक्षा र सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय पनि कांग्रेसले राख्ने अडान लिएका छन् । आफैसँग राख्ने स्पष्ट पारेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

    आश्विन ६, २०७८ बुधवार ०८:३१:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana