Logo

सोमवार, आश्विन १७ गते २०७९

प्रधानमन्त्री देउवाले नियुक्त गरे परराष्ट्रमन्त्री, नारायण खड्काले आजै सपथ लिएर अमेरिका जाने

प्रधानमन्त्री देउवाले नियुक्त गरे परराष्ट्रमन्त्री, नारायण खड्काले आजै सपथ लिएर अमेरिका जाने

नेपालपाना आश्विन ६ २०७८
  • 7.3K
    SHARES
  • प्रधानमन्त्री देउवाले नियुक्त गरे परराष्ट्रमन्त्री, नारायण खड्काले आजै सपथ लिएर अमेरिका जाने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेका छन् ।

    कांग्रेस विदेश विभाग प्रमुखसमेत रहेका सांसद खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयलाई पठाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको बताए । मन्त्री खड्कालाई राष्ट्रपतिले आजै शपथ ग्रहण गराउने कार्यक्रम रहेको बुझिएको छ ।

    आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ । महासभामा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का आज बेलुकी साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।

    सत्तारुढ गठबन्धनको मंगलबार बेलुकी बसेको बैठकले परराष्ट्रमन्त्री कांग्रेसले पाउने सहमति भएलगत्तै प्रधानमन्त्री देउवाले खड्कालाई परराष्ट्रको जिम्मेवारी दिएका थिए । उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित खड्का यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकास मन्त्री थिए ।

    कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका खड्का योजना आयोगको पूर्व उपाध्यक्षसमेत हुन् ।

    आश्विन ६, २०७८ बुधवार १०:५०:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण खड्का

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend