Logo

शनिवार, मंसिर १८ गते २०७८

images

जसपामा उपेन्द्रविरुद्ध बाबुरामको मोर्चाबन्दी, बहुमत सांसद भट्टराईतिर, नयाँ पार्टी बनाउने तयारी

जसपामा उपेन्द्रविरुद्ध बाबुरामको मोर्चाबन्दी, बहुमत सांसद भट्टराईतिर, नयाँ पार्टी बनाउने तयारी

नेपालपाना आश्विन ६ २०७८
  • 31.3K
    SHARES
  • जसपामा उपेन्द्रविरुद्ध बाबुरामको मोर्चाबन्दी, बहुमत सांसद भट्टराईतिर, नयाँ पार्टी बनाउने तयारी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवविरुद्ध मोर्चाबन्दी कसेका छन् । 

    पार्टी उपेन्द्र एकलौटी हिँडेको, यादवहरुलाई मात्र च्यापेको र प्रचण्डको एजेण्डाको पछाडि लागेर वैकल्पिक शक्ति बन्ने भनेर पार्टीलाई पेण्डुलम बनाएको भन्दै बाबुरामले मोर्चाबन्दी थालेका हुन् ।

    पछिल्लो समय बाबुराम पार्टीमा बलियो बन्दै गएका छन् । बाबुरामको पक्षमा बहुमत सांसद रहेको नेताहरु बताउँछन् । 

    बाबुराम र उपेन्द्रबीच दुरी बढाउने काम पनि सत्ता गठबन्धनबाटै भएको छ । बाबुराम प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा छन् भने उपेन्द्र प्रचण्ड र माधव नेपालको पछि लागेका छन् । 

    अमेरिकी सहायता परियोजना एमसीसीमा पनि यहीँ अवस्था देखियो । पहिला एमसीसीको पक्षमा रहेका उपेन्द्र अहिले प्रचण्डको पछि लागेर विरोध गरिरहेका छन् । जबकी प्रचण्डकै पालादेखि एसमीसी नेपालमा ल्याउने प्रक्रिया सुरु भएको थियो । 

    प्रचण्डजस्तै उपेन्द्रले पनि द्वैध चरित्र देखाएपछि पार्टीभित्र असन्तुष्टि बढेको एक नेता बताउँछन् । बाबुराम निकट ती नेताका अनुसार एमसीसीमा बाबुराम र उपेन्द्रबीच चर्को मतभेद छ । त्यसका अलावा अन्य विषयमा पनि उपेन्द्र एकलौटी अघि बढ्न खोजेपछि धेरै सांसद असन्तुष्ट छन् । 

    अहिले उपेन्द्रसँग असन्तुष्ट भएर बाबुराम कित्तामा उभिएका सांसदहरुमा उपेन्द्रकै खास इस्तियाक राईदेखि रानी मण्डलसम्म छन् । अन्य सांसदहरुमा राजकिशोर यादव, प्रमोद साह, नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरी र रुही नाज रहेका छन् । 

    ती नेताका अनुसार उपेन्द्र नसच्चिए बाबुरामले नयाँ पार्टी खोल्नुपर्नेमा छलफल थालेका छन् । बाबुरामसँग रहेका सांसदहरु यसमा सहमत छन् । उपेन्द्रकै कारण सरकारमा जान नपाएको, ७२ दिनमा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको उनीहरुको ठहर छ । आफ्नो सत्ता स्वार्थका लागि मुलुकलाई नै बन्धक बनाउन नहुने र परिआए विभाजन गरेर भए पनि निकास दिनुपर्नेमा बाबुराम समूह छ । 

    एमसीसी देश विकासको परियोजना भएकाले यसलाई अगाडि बढाउन सघाउनुपर्नेमा बाबुराम समूह छ । सांसदहरुको मत पनि यहीँ छ । तर उपेन्द्र प्रचण्डको पछि लागेर विरोध गर्न थालेपछि पार्टीभित्र विद्रोहको वातावरण बन्दै गएको हो ।

    आश्विन ६, २०७८ बुधवार १४:२४:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana