Logo

आइतवार, मंसिर १२ गते २०७८

images

जलालाबादमा आक्रमण, दुई तालिबानसहित तीन जना मारिए

जलालाबादमा आक्रमण, दुई तालिबानसहित तीन जना मारिए

नेपालपाना आश्विन ६ २०७८
  • 2.3K
    SHARES
  • जलालाबादमा आक्रमण, दुई तालिबानसहित तीन जना मारिए

    एजेन्सी। पूर्वी अफगानिस्तानको एउटा प्रहरीचौकीमा बन्दुकधारीहरुले  बुधबार गरेको आक्रमणमा परी कम्तीमा दुई तालिबान लडाकू र एक सर्वसाधारणको। मृत्यु भएको छ । 

    सुरक्षा स्रोत र प्रत्यक्षदर्शीले बताएअनुसार वर्षौंदेखि इस्लामिक स्टेट ९आइएस० समूहले अफगानिस्तान मुख्य आधार क्षेत्र बनाउँदै आएको नान्गरहार प्रान्तको जलालाबाद शहरमा तालिबानलाई निशाना बनाएको यो पछिल्लो आक्रमण हो ।

    रिक्शामा आएका अज्ञात बन्दुकधारीहरुले जलालाबादको घावचक जिल्लाको एक चेकपोस्टमा आक्रमण गरी दुई तालिबान गार्ड र एक सर्वसाधारणको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यस आक्रमणको तालिबानका एक अधिकारीले पनि पुष्टि गरेका छन् । तर उनले मृतक सबै सर्वसाधारण रहेको दाबी गरेका छन् । 

    जिहादी समूहको स्थानीय शाखा इस्लामिक स्टेट्स खोरसानले यसै हप्ता भएको कैयौ आक्रमणको जिम्मा लिएको छ । यस आक्रमणहरुमा परी कम्तीमा दुई व्यक्तिको मृत्य्ु पनि जनाइएको छ । अगस्त ३० मा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता पछि यो पहिलो घातक विस्फोट घटना भएको बताइएको छ ।  आईएस र तालिबान दुबै कट्टर सुन्नी इस्लामवादी उग्रवादी समूह हुन् । 

    आश्विन ६, २०७८ बुधवार १८:५३:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana