Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

मिल्यो मन्त्रिपरिषद्को भागबण्डा, यसरी बाँडीचुडी गरे पाँच दलले

मिल्यो मन्त्रिपरिषद्को भागबण्डा, यसरी बाँडीचुडी गरे पाँच दलले

नेपालपाना आश्विन ६ २०७८
  • 3.6K
    SHARES
  • मिल्यो मन्त्रिपरिषद्को भागबण्डा, यसरी बाँडीचुडी गरे पाँच दलले

    काठमाडौं। पाँच दलिय सत्तारुढ गठबन्धनबिच मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेको छ । अब, कसैले बिमती नजनाएमा बिहीबार नै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

    स्रोतका अनुसार नेपाली काँग्रेसले ७ मन्त्रालय पाउने छ ।  यस्तै माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति छ । नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्यमन्त्री, जनता समाजवादी पार्टी ९जसपा० ले ४ मन्त्री र १ राज्यमन्त्री राख्ने सहमति भएको छ । संविधान अनुसार २५ जना भन्दा बढी मन्त्री बनाउन पाइँदैन । 

    सरकारको कामलाई सघाउन भन्दै काँग्रेस नेता पूर्णबहादुर खड्काको नेतृत्वमा बनाइएको कार्यदलले मन्त्रालयमा भागबण्डा मिलाएको हो । 

    कार्यदलमा भएको सहमति बुधबार बसेको बैठकमा शीर्ष नेतृत्वलाई बुझाइएको छ । सो सहमतिलाई अहिले जारी गठबन्धन बैठकबाट शीर्ष नेतृत्वले अन्तिम रूप दिँदै छन् । 

    आश्विन ६, २०७८ बुधवार २१:१५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana