Logo

सोमवार, आश्विन १७ गते २०७९

नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्कालाई दिल्लीबाट आयो सन्देश, भारतीय विदेशमन्त्रीले के भने ?

नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्कालाई दिल्लीबाट आयो सन्देश, भारतीय विदेशमन्त्रीले के भने ?

नेपालपाना आश्विन ७ २०७८
  • 24.5K
    SHARES
  • नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्कालाई दिल्लीबाट आयो सन्देश, भारतीय विदेशमन्त्रीले के भने ?

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकले बधाई तथा शुभकामना दिएका छन् ।

    विदेश मन्त्री जयशंकरले आगामी दिनमा मन्त्री खड्कासँग मिलेर काम गर्ने बताएका छन् । ‘नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा सम्माननीय डा. नारायण खड्कालाई बधाई छ । आगामी दिनमा उनीसँगै मिलेर काम गर्ने आशा गर्छु,’ जयशंकरले ट्विट गरेका छन् ।

    ७२ वर्षीय खड्का बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए । उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । मन्त्री खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम हुने बताएका छन् ।

    मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले दुबै छिमेकीसँग अन्त्यन्त सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध हुने बताएका हुन् ।

    आश्विन ७, २०७८ बिहिवार १०:०५:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend