Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

परराष्ट्रमन्त्री फुत्केपछि जसपामा उपेन्द्रको रुवाबासी, अन्तत पछि हटे सत्ताको दौडबाट

परराष्ट्रमन्त्री फुत्केपछि जसपामा उपेन्द्रको रुवाबासी, अन्तत पछि हटे सत्ताको दौडबाट

नेपालपाना आश्विन ७ २०७८
  • 10.4K
    SHARES
  • परराष्ट्रमन्त्री फुत्केपछि जसपामा उपेन्द्रको रुवाबासी, अन्तत पछि हटे सत्ताको दौडबाट

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

    परराष्ट्रमन्त्री फुत्किएपछि निराश रहेका उपेन्द्र अब सरकारमा आफैं जाने स्थितिबाट पछि हटेका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो ।

    ‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा सहभागी हुनेछ,’ एक सांसदले भने, ‘त्यसो नभए रेणु यादव वा रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने सामान्य छलफल भएको छ ।’

    उनका अनुसार देउवा गठबन्धन सरकारमा जसपा नेपालले बढीमा पाँच र कम्तिमा चार मन्त्रालय पाउनेछ । ‘तर २० प्रतिशतले पार्टी बिभाजन गर्ने अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपाल सरकारमा सहभागी भने हुने छैन,’ उनले अगाडि भने, ‘त्यसका लागि प्रतिस्थापन विधेक तुरून्त ल्याउन आग्रह गरिएको छ ।’

    जसपा नेपालले मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुने खतरा औँल्याउँदै आएको छ ।

    आश्विन ७, २०७८ बिहिवार १०:५९:३३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana