Logo

सोमवार, मंसिर १२ गते २०७९

क्रियाशीलमा धाधली गर्न नपाउँदा आक्रमणमै उत्रिए अमेरश सिंह, मन्त्रीमाथि नै हमला गरेपछि कारवाही गर्न सिफारिस

क्रियाशीलमा धाधली गर्न नपाउँदा आक्रमणमै उत्रिए अमेरश सिंह, मन्त्रीमाथि नै हमला गरेपछि कारवाही गर्न सिफारिस

नेपालपाना आश्विन ७ २०७८
  • 14.7K
    SHARES
  • क्रियाशीलमा धाधली गर्न नपाउँदा आक्रमणमै उत्रिए अमेरश सिंह, मन्त्रीमाथि नै हमला गरेपछि कारवाही गर्न सिफारिस

    काठमाडौं । नेपाली कांग्रेस सर्लाहीको क्रियाशीलता विवाद अझै हल हुन सकेको छैन । सर्लाही क्षेत्र नम्बर ४ का संघीय सांसद अमरेशकुमार सिंहले अनेक षडयन्त्र गरेर अवरोध गरेपछि यो विवाद हल हुन सकेको छैन ।

    कांग्रेसमा आफ्नो वर्चश्व राख्न अमरेशले क्रियाशीलतामा आफ्ना मान्छेलाई अन्धाधुन्ध पारेका थिए । तर त्यहाँका क्षेत्रीय सभापति रामअश्रेय साह र जिल्ला सभापति नागेन्द्र रायले अमरेशको धाधली सफल हुन दिएनन् । त्यसमा कांग्रेसबाट प्रदेश २ का खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पनि साथ दिए ।

    क्रियाशीलतामा भएको धाधली छानविन गरेर व्यापक कटौती भयो । योग्यलाई क्रियाशील सदस्यता दिए । क्षेत्र, जिल्ला र प्रदेशको सशक्त प्रतिवादले अमरेश पछारिए । आफ्ना मान्छे काटिएपछि अमरेशले सुरुमा गुप्त रुपमा आफूनिकटलाई परिचालन गरेर विवाद खडा गरे ।

    केन्द्रीय कार्यालयमा धर्नामै बस्न लगाए । धर्नामा ऐक्यबद्धता जनाउनसमेत पुगे । त्यतिले पनि नपुगेपछि पछि अमरेशकुमार अहिले आक्रमणको नीतिमा अघि बढेका छन् । अमरेशले आफूलाई धाधली गर्न नदिने प्रदेश २ खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण गर्न लगाएका छन् ।

    आफूनिकट सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोको समूहलाई खटाएर अमरेशले केन्द्रीय कार्यालय सानेपामै मन्त्री सिंहमाथि हमला गराएका हुन् । मन्त्री सिंह बुधबार पार्टी कार्यालयबाट निस्किँदै गर्दा वडाध्यक्ष महतोसहित अमरेशका मान्छेले भनाभन गरेर धक्कामुक्का गरे ।

    गालीगलौच गरेर मन्त्रीमाथि दुर्व्यवहार गरे । धाधली गर्न पाउनुपर्ने भन्दै अमरेशका मान्छेले मन्त्री सिंहमाथि आक्रमण गरेपछि कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय कार्यसमितिले विज्ञप्ति जारी गरेर निन्दा गरेको छ । क्षेत्रीय सभापति रामअश्रेय साहले दोषीलाई कडाभन्दा कडा कारवाही माग गरेका छन् ।

    'यसै क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश २ का खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहज्यू पार्टीगत कार्यको सिलसिलामा बुधबार दिउँसो ४ बजेतिर काग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुर पुग्दा कार्यालय परिसरमा अगाडिदेखि नै सुनियोजित ढंगले १०/१२ जनाको समूहमा रहेका यसै क्षेत्रका केही उच्श्रृंखल व्यक्तिहरुले माननीय अमरेशकुमार सिंहको उक्साहटमा माननीय मन्त्री सिंहज्यूलाई गालीगलौज गरी दुर्व्यवहार गरेको निन्दनीय कार्यको घोर भर्त्सना गर्दै यस्तो निच र निन्दनीय कार्य गर्ने र गराउनेलाई पार्टी विधान बमोजिम कडा भन्दा कडा कार्यवाही गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिसँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

    त्यसैगरी कांग्रेस युवा नेता अवदेश सहनी निशादले पनि मन्त्रीमाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । 'सर्लाही निर्वाचन क्षेत्र न ४ को नेपाली कांग्रेसको निर्वाचित सान्सद डा. अमरेश कुमार सिंहको जनाधार सकिएपछि, पार्टीको चुनावमा पत्ता साफ हुने निश्चित भएपछि, त्यही रिसमा अमरेश सिंहकै योजनामा मन्त्री बिरेन्द्र सिंहमाथि पार्टी केन्द्रिय कार्यालयबाट निस्किने क्रममा योजनाबद्ध तरिकाबाट कार्यकर्ता लगाई गाली बेइज्जती गराउने लाजमर्दो हर्कत गरेको छ ।

    अब अमरेश सिंहले आफ्नो निर्वाचन क्षेत्रमा नआउँदा हुन्छ । दलाल, ठगको यो क्षेत्रमा काम छैन । अमरेश सिंहको चरित्र, अहंकार, दुष्ट प्रवृति, भ्रष्टाचारी, ठगैतीको आज पर्दाफास भएको छ,' उनले भनेका छन् ।

    एक गैरजिम्मेवार सांसद भएको रुपमा अमरेशको चरित्र प्रस्ट भएको उनको भनाइ छ । 'जितेर केही काम नगरेको, बलरा नगरपालिका मा दुई बर्षदेखि सहयोगबाट बनेको स्कुलको भवनमा १ करोड ३५ लाख झ्वाम भ्रष्टाचार गर्दा सबै जनप्रतिनिधि मिलेर नगरपालिका कार्यालय हथिऔल लगेको सबैलाई थाहा नै छ,' उनले भनेका छन् ।

    'झुटो आश्वासन दिइ समाजलाई आतंकित बनाएको, विपक्षीको घरदैलोमा गएर पार्टी कार्यकर्ता माथि नै उक्साउने गरेको आफ्नै पार्टीको नेता तथा कार्यकर्तामाथि झुटो मुद्दा लगाएर राजनीतिक गरेको प्रस्ट देखिन्छ । यस्ता ब्यक्ति समाजका लागि शत्रु हो' उनले टिप्पणी गरेका छन् ।

    'मन्त्रीजीलाई अर्काको उक्साहटमा गालीगलौच र आक्रमण गर्ने बरहथवा नपा ४ का वडा अध्यक्ष लखिन्द्र महतो र बरहथवा नपा ३ को रामउदेश महतोलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ,' उनले भनेका छन्, 'महतोजस्तो चोर, फटाहा, जाली अरूको एटिएमबाट पैसा चोरी गरेको काण्डमा वर्षों जेल बसेर दण्ड जरिवाना तिरेर निस्केका मान्छे फेरि अमरेशको दलाली गर्न थालेछन् । यस्तो मान्छे कांग्रेसको कार्यकर्ता हुन सक्दैन ।'

    आश्विन ७, २०७८ बिहिवार १३:१३:५२ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend