Logo

मंगलवार, आषाढ १४ गते २०७९

images

भारतीय सीमामा घुसेका ३ आतंककारी मारिए, सेनाले बरामद गर्याे हतियार

भारतीय सीमामा घुसेका ३ आतंककारी मारिए, सेनाले बरामद गर्याे हतियार

नेपालपाना आश्विन ७ २०७८
  • 6.6K
    SHARES
  • भारतीय सीमामा घुसेका ३ आतंककारी मारिए, सेनाले बरामद गर्याे हतियार

    काठमाडौं। पाकिस्तानद्वारा कब्जा कस्मिरबाट भारतीय सीमामा घुसेका तीन आंककारीहरु भारतीय सेनाको कारबाहीमा मारिएका छन् । ारतीय सेनाको अपरेसनमा बिहीबार एलओसीनजिक रामपुर सेक्टरमा तीनै जना मारिएका हुन् ।

    सेनाले उनीहरूका साथबाट पाँच थान AK-47 राइफल, ८ थान पेस्तोल र ७० वटा ग्रेनेड बरामद  गरेको छ ।
    चिनार कोरका कमान्डर जनरल डीपी पाण्डेका अनुसार आतंककारीका साथबाट पाकिस्तानी रुपैयाँ पनि बरामद भएको छ। उनीहरू पाकिस्तानको बाटो हुँदै भारत आएका थिए।

    जनरल पाण्डेका अनुसार बिहीबार बिहानै रामपुर सेक्टरको हाथलंगा जंगलमा शंकास्पद गतिविधि देखिएपछि कारबाही गर्दा ३ आतंककारी मारिएका हुन्।  

    आश्विन ७, २०७८ बिहिवार २०:०७:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend