Logo

बुधवार, मंसिर १५ गते २०७८

images

को हुन् श्रीपेच चोरी गर्न खोज्ने व्यक्ति ?

को हुन् श्रीपेच चोरी गर्न खोज्ने व्यक्ति ?

नेपालपाना आश्विन ८ २०७८
  • 2.4K
    SHARES
  • को हुन् श्रीपेच चोरी गर्न खोज्ने व्यक्ति ?

    काठमाडौं। नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौँबस्ने खेमबहादुर घर्ती रहेका छन् । 

    उनको मानसिक अवस्था ठिक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

    उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन् । सङ्ग्रहालयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ । 

    आश्विन ८, २०७८ शुक्रवार १८:५४:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana