Logo

बुधवार, मंसिर १५ गते २०७८

images

दसैँको टिकाको उत्तम साइत सार्वजनिक, कति बजे छ ?

दसैँको टिकाको उत्तम साइत सार्वजनिक, कति बजे छ ?

नेपालपाना आश्विन ८ २०७८
  • 4.3K
    SHARES
  • दसैँको टिकाको उत्तम साइत सार्वजनिक, कति बजे छ ?

    काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । 

    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।

    असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ। पश्चिम फर्केर झण्डा फेर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ। असोज २६ गते मङ्गलबार फूलपाती परेको छ। फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।

    फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ।मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ७:११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ। असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।

    आश्विन ८, २०७८ शुक्रवार १९:२०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana