Logo

शनिवार, मंसिर १८ गते २०७८

images

राष्ट्रपति कार्यालय शीतल निवाससमेत चीनको ‘कब्जा’मा, चिनियाँ राजदूतले धज्जी उडाइन नेपाली स्वाधिनताको

राष्ट्रपति कार्यालय शीतल निवाससमेत चीनको ‘कब्जा’मा, चिनियाँ राजदूतले धज्जी उडाइन नेपाली स्वाधिनताको

नेपालपाना आश्विन ९ २०७८
  • 83.5K
    SHARES
  • राष्ट्रपति कार्यालय शीतल निवाससमेत चीनको ‘कब्जा’मा, चिनियाँ राजदूतले धज्जी उडाइन नेपाली स्वाधिनताको

    काठमाडौं । नेपालको राष्ट्रपति कार्यालय चीनका राष्ट्रपति सी चिनफिङको जीवनी समेटिएको पुस्तक सार्वजनिक गर्ने थलो बनेको छ ।

    चिनियाँ राष्ट्रपतिको विचार र उनले गरेका कामको नेपालमा प्रचार गर्ने माध्यम राष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन् । नेपाली स्वाभिमान र स्वाधिनताको धज्जी उडाउँदै चिनियाँहरुले नेपालको सर्वोच्च निकायलाई पुस्तक प्रचार विभाग बनाएका हुन् ।

    कम्युनिस्ट पृष्ठभूमि भए पनि विद्यादेवी भण्डारी देशकै राष्ट्रपति हुन् । उनले अर्का देशका राष्ट्रपतिको पुस्तक प्रवर्द्धन गर्ने, अर्को देशका राष्ट्रपतिको विचार प्रवर्द्धन गर्ने काम गर्न नहुने हो । तर राष्ट्रपति पदमा बसेर अर्को देशको राजनीतिक विचाराधारा प्रवर्द्धन गर्नुले नेपालको राष्ट्रपति कार्यालय र राष्ट्रपति कतिसम्म चीनको कब्जामा छ, दबाब तथा प्रभावमा छ भन्ने देखाउँछ ।

    अझ किताब प्रवर्द्धन एक पटकमात्र होइन पटक पटक सिरिजमा गर्दा यो तथ्यलाई बल पुग्छ । राष्ट्रपति भण्डारीले यसअघि २०७३ साल पुस ३ गते शीतल निवासमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था‚ खण्ड १’ पुस्तकको लोकार्पण गरेकी थिइन् । अझ यसलाई उनले सुअवसर भनेकी थिइन् ।

    अहिले फेरि ‘सी चिनफिङः चीनको शासन व्यवस्थाʼ खण्ड २’ पुस्तकको नेपाली संस्करण लोकार्पण गरेकी छन् । त्यतिमात्र होइन खण्ड ३ को परिचयात्मक समारोहमा सहभागी भएकी छन् । भोलिका खण्ड ३ को प्रवर्द्धनको जिम्मा पनि राष्ट्रपतिले नै लिएकी छन् ।

    यसरी देशको सर्वोच्च संस्था राष्ट्रपति कार्यालय नै कुनै देशको राष्ट्रपतिको पुस्तक प्रवर्द्धन गर्ने माध्यम बनेपछि आलोचना सुरु भएको छ । छिमेकी देशका समक्षकीको पुस्तक पढ्नु, पुस्तक उपहार लिनु त स्वभाविकै हो । तर सिलसिलेवार पुस्तक लोकार्पण गर्नु, प्रवर्द्धन गर्नुले पदको गरिमा कायम हुन सक्दैन ।

    यो सिधा सिधा अर्को देशको प्रवक्ता बनेजस्तो देखिन्छ । यसो हुनुमा दबाब प्रभाव नभई हुने कुरा भएन । यसमा चिनियाँ राजदूत होउ यान्छीले सीमा नाघेकी छन् । बहालवाला प्रधानमन्त्रीलाई तपाई कुर्सी छोड्नुस् भनेर रवाफ देखाउने राजदूत यान्छीले राष्ट्रपतिलाई त के टेर्थिन् । चिनियाँ राजदूतले जे भन्यो त्यहीँ राष्ट्रपतिले मानिरहेको देखिन्छ ।

    कुटनीतिक रुपमा आफू विश्व शक्ति भएको रवाफ चिनियाँ राजदूतले देखाउने गरेकी छन् । निरन्तर नेपालको राष्ट्रपति कार्यालयलाई चीनले पुस्तक लोकार्पण गर्ने ठाउँ बनाएपछि विरोध सुरु भएको छ ।

    पत्रकार अनिल गिरीले ट्वीटरमा सोधेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले लेखेको या उनको बारेमा लेखेको पुस्तक चीनका राष्ट्रपति सी चिनफिङले चिनको राष्ट्रपति भवनमा लोकार्पण गर्लान कि न गर्लान ? सम्बन्ध त पारस्परिक सम्मान र समनताको आधारमा हुन्छ भन्ने भाषण सुनेको थिए र सोधेको ।’

    उनको ट्वीटमा त्रिलोक्यराज अर्यालले जवाफ दिएका छन्, ‘अवस्यै गर्दैनन्/नेपालमा जे गरे पनि हुन्छ । त्यसैले आफू त देशको टेन्सन लिन बन्द । जसलाई देशले यो देशकोबारे टेन्सन लिन पैसा/सेवा/सुबिधा दिन्छ, उनीहरुलाई नै स्वाभिमान/स्वाधिनताको मतलब छैन । विचित्रकै मुलुक बनाए नेपाललाई नेपालीहरुले नै ।’

    आश्विन ९, २०७८ शनिवार ११:३९:५३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana