Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

रुसी शक्तिशाली हतियारले प्रशान्तिय क्षेत्रमा भारतकाे तहल्का

रुसी शक्तिशाली हतियारले प्रशान्तिय क्षेत्रमा भारतकाे तहल्का

नेपालपाना आश्विन ९ २०७८
  • 30.0K
    SHARES
  • रुसी शक्तिशाली हतियारले प्रशान्तिय क्षेत्रमा  भारतकाे तहल्का

    काठमाडौं। भारतले रुसी शक्तिशाली एयरडिफेन्स सिस्टम एस ५०० किन्ने बताइएको छ । रुसबाट भारतले एस ४०० किन्ने कुरासँगै भारतले एस ५०० किन्ने कुरा बाहिर आइरहेको हो ।

    रुसले विकास गरिरहेको यो शक्तिशाली मिसाइल डिफेन्स सिस्टमले जुनसुकै पनि हमलालाई आकासमै नष्ट गरिदिन सक्छ ।

    मिडिया रिपोर्ट अनुसार यसै वर्ष सन् २०२१ को अन्तिमतिर नै रुसले एस ४०० मिसाइल तयार गरिसक्ने छ । यद्यपि, भारतले एस ५०० मिसाइल भित्र्याएसँगै इन्डोप्रशान्तिय क्षेत्रमा भारतले निकै नै शक्तिशाली हुन जाने देखिन्छ ।

    शत्रुको जस्तोसुकै हवाइ आक्रमणलाई नष्ट गर्न सक्ने यो एयर डिफेन्स सिस्टम भारतका लागि प्रशान्तिय क्षेत्रमा खासगरी चीनविरुद्ध तहल्का मच्चाउन सक्ने देखिन्छ । 

    आवाजको गति भन्दा कयौं गुणा तिव्र गतिमा मिसाइलविरुद्ध हवाइ फायर गर्नसक्ने यो डिफेन्स सिस्टमले अन्तरिक्षमा स्याटेलाइट समेत नष्ट गर्न सक्छ ।

    भारतले एस ४०० सँगै एस ५०० पनि रुसबाट किन्यो भने यो भारतले तहल्का मच्चाउने एक बिशेष निर्णय हुनेछ ।

    आश्विन ९, २०७८ शनिवार १८:१७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana