Logo

शनिवार, आषाढ ११ गते २०७९

images

गृहमन्त्रीको हातमा पुग्यो चीनले सीमा अतिक्रमण गरेको रिपोर्ट, फिर्ता ल्याउन लिए एक्सन

गृहमन्त्रीको हातमा पुग्यो चीनले सीमा अतिक्रमण गरेको रिपोर्ट, फिर्ता ल्याउन लिए एक्सन

नेपालपाना आश्विन १० २०७८
  • 14.3K
    SHARES
  • गृहमन्त्रीको हातमा पुग्यो चीनले सीमा अतिक्रमण गरेको रिपोर्ट, फिर्ता ल्याउन लिए एक्सन

    काठमाडौँ । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित नेपाल–चीन सीमा अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

    गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा गठित समितिले आइतबार मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो । मन्त्रिपरिषद् बैठकले १६ भदौमा चीनसँगको सीमा अध्ययनका लागि समिति बनाएको थियो ।

    प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाई तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न आफूले पहल गर्ने बताए । 'यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,' प्रतिवेदन बुझ्ने क्रममा खाँणले भने, 'अध्ययनमा यहाँहरूले औँल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।'

    उनले अध्ययन प्रतिवेदले त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवन बुझ्न पनि महत्वपूर्ण हुने बताएका थिए । सीमा अध्ययन टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ रहेका थिए ।

    यसैबीच गृहमन्त्री खाँडले प्रतिवेदन कार्यान्वयनका लागि गृहसचिव टेकनारायण पाण्डेलाई हस्तान्तरण गरेका छन् । अब प्रतिवेदन कार्यान्वयनमा आउनेछ ।

    आश्विन १०, २०७८ आइतवार १८:४३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # चिनियाँ कर्तुत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend