Logo

आइतवार, मंसिर १२ गते २०७८

images

फेरियाे इतिहास, आइसल्यान्ड को संसदमा महिलाको बहुमत

फेरियाे इतिहास, आइसल्यान्ड को संसदमा महिलाको बहुमत

नेपालपाना आश्विन १० २०७८
  • 2.7K
    SHARES
  • फेरियाे इतिहास, आइसल्यान्ड को संसदमा महिलाको बहुमत

    एजेन्सी। युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् ।

    आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले यहाँको संसदमा बहुमत सदस्य पुगेका देखाएको छ । 

    आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२।३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो । 

    विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ ।

    आश्विन १०, २०७८ आइतवार २०:१२:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana