Logo

शनिवार, मंसिर १८ गते २०७८

images

जनयुद्ध गराएर उदाएका बाबुरामले भने-  कम्युनिस्ट त्यागौं, समाजवादमा जाऔं

जनयुद्ध गराएर उदाएका बाबुरामले भने-  कम्युनिस्ट त्यागौं, समाजवादमा जाऔं

नेपालपाना आश्विन १० २०७८
  • 5.7K
    SHARES
  • जनयुद्ध गराएर उदाएका बाबुरामले भने-  कम्युनिस्ट त्यागौं, समाजवादमा जाऔं

    काठमाडौं । कुनै बेलाका कट्टर कम्युनिस्ट बाबुराम भट्टराई यतिबेला पूर्णरुपमा फेरिएका छन् । त्यतिबेला नेकपा माओवादीका प्रभावशाली नेता भएर सशस्त्र जनयुद्धमा होमिएका नेता भट्टराईले यतिबेला कम्युनिस्ट त्यागौं भन्दै आह्वान गरेका हुन् ।

    माओवादीमा रहेर अर्थमन्त्री हुँदै प्रधानमन्त्री बनेका उनले तत्कालीन माओवादी पार्टी त्यागे । कम्युनिस्ट सिद्धान्त छाडेको घोषणा गरे ।

    पछिल्लो समय पनि भट्टराई कम्युनिस्टप्रति आक्रामक बन्ने गरेका छन् । उनले आज ट्वीट गर्दै कम्युनिस्ट मोडलको धंगधंगी बोकेर असली कम्युनिस्ट देखिने प्रतिष्पर्धामा लाग्नुलाई बिडम्बनापूर्ण भन्दै समाजवादको नयाँ मोडल विकास गर्न आग्रह गरेका छन् । 

    नेता भट्टराईले लेखेका छन् 'विभाजित नेकपा डबलका कणहरू पुरानै भ्रष्टीकृत एकलरेखीयरएकमनावादी ‘कम्युनिष्ट’मोडेलको धंगधंगी बोकेर ‘असली कम्युनिष्ट’देखिने प्रतिष्पर्धामा लाग्नु विडम्बनापूर्ण छ ! आइन्सटाइनको भनाइ सम्झौं-‘पुरानै कुरा दोहोर्याएर नयॅा परिणामको आशा गर्नु पागलपन हो !’बरू समाजवादको नयॅा मोडेल विकास गरौं न१'

    आश्विन १०, २०७८ आइतवार २०:२६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana