Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट 

अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट 

नेपालपाना आश्विन ११ २०७८
  • 14.3K
    SHARES
  • अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट 

    काठमाडौं। अभिनेत्री मनीषा कोइराला र पूर्वयुवराज्ञी हिमानी शाहबीच भेटघाट भएको छ। मनीषाले सामाजिक सञ्जालमा हिमानीसँगको भेटघाटको तस्वीर सार्वजनिक गरेकी हुन् ।

    मनीषाले तस्वीरको क्याप्सनमा ‘विश्वलाई सशक्त महिलाहरूको खाँचो छ, जसले अरूलाई अगाडि बढ्न र बनाउन मद्दत गर्छन् । जसले अरूलाई माया गर्न र अरूबाट माया पाउन सक्छन् । महिला जसमा नम्रता र उग्रता दुवै क्षमता हुन्छन्’ भन्दै एमी टेनीको भनाईमा लेखेकी छन् ।

    मनीषाले भेटघाटमा के विषयमा छलफल भयो भन्ने केही खुलाएकी छैनन् । यद्यपि मनीषा पछिल्लोपटक राजनीतिमा आउन लागेको खबरले सबैलाई चासोको विषय बनेको थियो । पूर्व युवराज्ञी हिमानी पछिल्ला वर्षहरुमा हिमानी ट्रस्टमार्फत सामाजिक काममा सक्रिय छिन् ।

    उनीहरुबिच राजधानीको महाराजगञ्जमा भेटघाट भएको हो ।

    आश्विन ११, २०७८ सोमवार २०:२९:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana