Logo

सोमवार, आश्विन १७ गते २०७९

राष्ट्रसंघीय महासभामा दमदार बोले देउवा सरकारका परराष्ट्रमन्त्री खड्का, विश्व समुदायबाट प्रशंसा

राष्ट्रसंघीय महासभामा दमदार बोले देउवा सरकारका परराष्ट्रमन्त्री खड्का, विश्व समुदायबाट प्रशंसा

नेपालपाना आश्विन १२ २०७८
  • 60.8K
    SHARES
  • राष्ट्रसंघीय महासभामा दमदार बोले देउवा सरकारका परराष्ट्रमन्त्री खड्का, विश्व समुदायबाट प्रशंसा

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा आज बिहान सम्बोधन गर्दै अतिवादको निन्दा गरेका छन् ।

    शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धनका लागि नेपालले विगत ६३ वर्षदेखि राष्ट्रसंघमा योगदान पुर्‍याएको चर्चा गर्दै पराष्ट्रमन्त्री खड्काले जुनसुकै प्रकार र स्वरुपका अतिवादको नेपालले निन्दा गर्ने बताए ।

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले उल्लेख गरेअनुसार परराष्ट्र मन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताए।

    आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको उनको भनाइ छ । उनले मानव अधिकारको प्रवर्द्धन र रक्षामा पनि जोड दिए । उनले कोभिड-१९ विरुद्धको खोप सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान ढंगबाट पाउनुपर्ने बताए ।

    मावन जीवन रक्षाका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने उल्लेख गर्दै खड्काले कोभिडले कारणले देखिएको चुनौतीलाई सम्बोधन गर्न राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय सामुदायले देखाएको सहयोगको प्रशंसा गरे ।

    बाधा र चुनौतीका बाबजुत नेपालले २० प्रतिशत नेपालीलाई खोप लगाएको उनको भनाइ छ । नेपालले ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने मन्त्री खड्काले बताए ।

    आश्विन १२, २०७८ मंगलवार ०९:२६:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend