Logo

शनिवार, मंसिर १८ गते २०७८

images

प्रचण्ड, माधव नेपाल र रामचन्द्र पौडेललाई लत्याउँदै प्रधानमन्त्री देउवाले लिए कठोर निर्णय, उपेन्द्र यादवको सपना चकनाचुर

प्रचण्ड, माधव नेपाल र रामचन्द्र पौडेललाई लत्याउँदै प्रधानमन्त्री देउवाले लिए कठोर निर्णय, उपेन्द्र यादवको सपना चकनाचुर

नेपालपाना आश्विन १२ २०७८
  • 18.8K
    SHARES
  • प्रचण्ड, माधव नेपाल र रामचन्द्र पौडेललाई लत्याउँदै प्रधानमन्त्री देउवाले लिए कठोर निर्णय, उपेन्द्र यादवको सपना चकनाचुर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने भएका छन् ।

    सत्ता गठबन्धनको बैठकमै प्रधानमन्त्री देउवाले आफूले उपप्रधानमन्त्री नराख्ने निर्णय गरेको जानकारी गराएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री राख्नुपर्ने माग गरे पनि देउवाले नराख्ने अडान लिँदै कठोर निर्णय लिएका छन् ।

    सत्ता गठबन्धनका नेताहरुले भने एक एक जना उपप्रधानमन्त्री राख्नुपर्ने सुझाएका थिए । सत्ता गठबन्धनमा कांग्रेसभित्रकै रामचन्द्र पौडेल समूहले पनि उपप्रधानमन्त्री मागेको थियो ।

    पौडेल समूहबाट सुजाता कोइरालादेखि विभिन्न नेताहरुले उपप्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसैगरी माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्न चाहेका थिए ।

    त्यसैगरी उपेन्द्र यादव आफै उपप्रधानमन्त्री बनेर सरकारमा सहभागी हुन् खोजेका थिए । तर यी सबै प्रयास असफल भएका छन् । प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री कटौती गरेर नयाँ सुरुवात गरेका छन् । कुनै बेला ५ जनासम्म उपप्रधानमन्त्री राखिएको थियो । तर यो प्रचलनलाई देउवाले तोडेका छन् ।

    राष्ट्रपतिबाट दल विभाजन अध्यादेश खारेज भएसँगै सत्ता गठबन्धन मन्त्रिमण्डल विस्तारको तयारीमा लागेको छ । दलहरु मन्त्री छान्न आन्तरिक छलफलमा छन् ।

    आश्विन १२, २०७८ मंगलवार ०९:३५:०८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana