Logo

शनिवार, मंसिर १८ गते २०७८

images

हुम्लामा चीनले भूमि मिचेको पुष्टि भएपछि काठमाडौंमा आगो बल्यो, युवाहरु उत्रिए सडकमा

हुम्लामा चीनले भूमि मिचेको पुष्टि भएपछि काठमाडौंमा आगो बल्यो, युवाहरु उत्रिए सडकमा

नेपालपाना आश्विन १३ २०७८
  • 2.6K
    SHARES
  • हुम्लामा चीनले भूमि मिचेको पुष्टि भएपछि काठमाडौंमा आगो बल्यो, युवाहरु उत्रिए सडकमा

    काठमाडौं । हुम्लामा चीनले भूमि मिचेको पुष्टि भएपछि राजधानी काठमाडौंमा आन्दोलन सुरु भएको छ । भूमि फिर्ता ल्याउन माग गर्दै युवाहरु सडकमा उत्रिएका हुन् । 

    नेपाल चीन सीमा अध्ययन समितिले हुम्लाका विभिन्न सीमामा समस्या रहेको रिपोर्ट हालै सार्वजनिक भएपछि युवाहरु आक्रोशित भएका छन् । मंगलबार महन्थ ठाकुर नेतृत्वको लोसपा पार्टी निकट लोकतान्त्रिक युवा संघले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । युवाहरुले नेपाली भूमि मिच्न पाइँदैन, भूमि फिर्ता गर, गो ब्याक चाइना जस्ता नारा लगाएका थिए । 

    हुम्लाको लिमि-लाप्चादेखि हिल्सासम्मको कतिपय भू-भाग चीनले अतिक्रमण गरेको भन्दै फिर्ता गर्न उनीहरुले माग गरेका थिए । 

    प्रदर्शनको अगुवाइ गरेका युवा नेता कृष्णा सिंहले चीनले नेपाली भूमि फिर्ता नगरुन्जेल विरोध प्रदर्शन जारी राख्ने बताए ।

    आश्विन १३, २०७८ बुधवार ०८:२२:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हुम्ला_सीमा_विवाद

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana