Logo

बुधवार, मंसिर १५ गते २०७८

images

'मुख्यमन्त्री कार्यालयमा अख्तियारले  छापा मार्नु आपत्तिजनक'

'मुख्यमन्त्री कार्यालयमा अख्तियारले  छापा मार्नु आपत्तिजनक'

नेपालपाना आश्विन १३ २०७८
  • 7.7K
    SHARES
  • 'मुख्यमन्त्री कार्यालयमा अख्तियारले  छापा मार्नु आपत्तिजनक'

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको घटनाप्रति आपत्ति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  जनाएका छन् । बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले अख्तियारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

    ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि भएको साइकल खरिदमा करोडौँ अनियमितता भएको उजुरी परेपछि अख्तियारले बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो। सो क्रममा अख्तियारले केही फाइलहरु नियन्त्रणमा समेत लिएको छ।

    प्रदेश सरकारलाई बदनाम गर्न पत्र पत्रिकामा अनियमितताबारे भ्रामक समाचार प्रकाशित भएको राउतको भनाइ छ । उनले समाचार प्रकाशित भएको केही घण्टामै अख्तियारको टोली छापामार शैलीमा आएको बताए।


    मुख्यमन्त्री राउतले साइकल खरिद गर्दा कुनै अनियमितता नभएको बताएका छन् । ‘कुनै पनि कम्पनीलाई तोकेर त्यहाँ हामी त्यो खरिद गर्न सक्दैनौँ। अर्थात जुन खरिद गर्ने प्रक्रिया थालनी भयो, खरिद गरिएको छ त्यो सार्वजनिक खरिद ऐन अन्तर्गत छ’ राउतले भने।

    उनले प्रदेश मुख्यमन्त्री कार्यालयमा छापा मारिएको बारे अख्तियार प्रमुख प्रेम राईसँग टेलिफोन गरेर गुनासो पाखेको बताएका छन् ।

    आश्विन १३, २०७८ बुधवार १८:३८:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लालबाबु राउत
  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana