Logo

बुधवार, मंसिर १५ गते २०७८

images

काठमाडौंकै स्थानीय तहमा छैनन् कर्मचारी, वडा अध्यक्षले पोखे दुखेसो

काठमाडौंकै स्थानीय तहमा छैनन् कर्मचारी, वडा अध्यक्षले पोखे दुखेसो

नेपालपाना आश्विन १३ २०७८
  • 1.9K
    SHARES
  • काठमाडौंकै स्थानीय तहमा छैनन् कर्मचारी, वडा अध्यक्षले पोखे दुखेसो

    काठमाडौं। स्थानीय सरकारमा कर्मचारीको अभाव हुँदा काम हुन नसकेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

    कानूनी संरचना बलियो बने पनि राजधानीका वडामा कर्मचारीको अभावमा काम हुन सकेको छैन । काठमाडौँ महानगरपालिका–५ मा इञ्जिनीयर नहुँदा विकास निर्माणको बजेट नै फ्रिज भएको वडाध्यक्ष रमेश डङ्गोलले बताए ।

    इञ्जिनीयरलगायत कर्मचारी नहुँदा आर्थिक वर्ष २०७७२०७८ को विकास निर्माणका लागि वडामा आएको रु २५ लाख बजेट फ्रिज भएको उनले जानकारी दिए । 

    ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण हाँडीगाउँ र विशालनगर क्षेत्र भएको वडाका विकास निर्माणका काम प्रभावित भएका छन् ।

    वडा कार्यालयमा छ महिनादेखि कार्यालय सहयोगी छैन । खरिदार नभएको एक महिना भयो । डेढ वर्षदेखि इलेक्ट्रिसियन पद खाली छ । इलेक्ट्रिसियन नभएपछि आफूले खल्तीबाट रु ८५ हजार हालेर ज्यालादारीमा इलेक्ट्रिसियनको काम गराएको वडाध्यक्ष डङ्गोलले सुनाए ।

    कार्यालय सञ्चालन गर्न आवश्यक जनशक्ति नै नभएपछि काममा कठिनाइ भएको छ । स्थानीय श्याम महर्जजन जनप्रतिनिधिले विकास निर्माणका काम गर्न खोजे पनि जनशक्तिको अभावमा काम हुन नसकेको बताउछन् । 

    आश्विन १३, २०७८ बुधवार १९:३०:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana