Logo

सोमवार, आश्विन १७ गते २०७९

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री नेपाल फर्कदै

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री नेपाल फर्कदै

नेपालपाना आश्विन १३ २०७८
  • 7.3K
    SHARES
  • राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री नेपाल फर्कदै

    काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर भोलि बिहीबार बिहान स्वदेश फर्कदै छन् ।
     
    न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । 

    प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, त्यहाँस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले बिदाइ गरेका थिए।     

    आश्विन १३, २०७८ बुधवार २०:२९:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण खड्का

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend