Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

भारत सरकारको सहयोगमा बनेका काभ्रेका ६ विद्यालय भवन एकैसाथ हस्तान्तरण

भारत सरकारको सहयोगमा बनेका काभ्रेका ६ विद्यालय भवन एकैसाथ हस्तान्तरण

नेपालपाना आश्विन १३ २०७८
  • 4.1K
    SHARES
  • भारत सरकारको सहयोगमा बनेका काभ्रेका ६ विद्यालय भवन एकैसाथ हस्तान्तरण

    काभ्रे । भारतीय दूतावासको आर्थिक सहयोगमा पुनःनिर्माण गरिएका काभ्रेपलाञ्चोकका छ विद्यालय भवन आज विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । भुकम्पका कारण भत्किएका विद्यालय भारत सरकारको सहयोगमा बनेका हुन् ।

    जिल्लाका चौरीदेउराली गाउँपालिकास्थित खाँडादेवी माध्यमिक विद्यालय, पाँचखाल नगरपालिकाभित्रका आजाद माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय र दुग्धेश्वर माध्यमिक विद्यालय, पनौती नगरपालिकाका शारदा माध्यमिक विद्यालय तथा बनेपा नगरपालिकाका आजाद माध्यमिक विद्यालयको भवन निर्माण कार्यसम्पन्न भएपश्चात् आज हस्तान्तरण गरिएको हो । 

    बनेपामा एक कार्यक्रमको आयोजना गरी विद्यालयका भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा, सङ्घीय सांसद गङ्गाबहादुर तामाङ र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरी हस्तान्तरण गरिएको हो । करिब ४१ करोडको लागतमा यी विद्यालय बनेका हुन् ।

    विद्यालय भवन हस्तान्तरण कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको विद्यालय भवनमध्येको छ भवन निर्माण गरी हस्तान्तरण गरिएकामा खुशी व्यक्त गरे । 

    कार्यक्रममा भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले भूकम्पपछिको पुनःनिर्माणमा भारत सरकारकोतर्फबाट आर्थिक सहयोग गरेर विद्यालय भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकामा खुशि व्यक्त गरे ।

    आश्विन १३, २०७८ बुधवार २०:३३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana