Logo

बुधवार, मंसिर १५ गते २०७८

images

अष्टलक्ष्मी शाक्यले खुलेरै भनिन् ‘म पार्टी फुटको विपक्षमा छु’

अष्टलक्ष्मी शाक्यले खुलेरै भनिन् ‘म पार्टी फुटको विपक्षमा छु’

नेपालपाना आश्विन १३ २०७८
  • 4.0K
    SHARES
  • अष्टलक्ष्मी शाक्यले खुलेरै भनिन् ‘म पार्टी फुटको विपक्षमा छु’

    काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले)नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन् । 

    एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन् । “पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । 

    गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ”, मुख्यमन्त्री शाक्यले भनिन् । 
     
    एमालेको उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन् । 

    उनले नेकपा (एकिकृत समाजवादी) निकै कमजोर पार्टी हुनेसमेत दाबी गर्नुभयो । उहाँले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन् ।  

    आश्विन १३, २०७८ बुधवार २०:५२:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अष्टलक्ष्मी

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana