Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

म्याद गुज्रिएका सामग्री बेचेर ग्राहक लुट्दै भाटभटेनी,  जरिवाना तिराएर ल्याइयो लाइनमा

म्याद गुज्रिएका सामग्री बेचेर ग्राहक लुट्दै भाटभटेनी,  जरिवाना तिराएर ल्याइयो लाइनमा

नेपालपाना आश्विन १५ २०७८
  • 2.4K
    SHARES
  • म्याद गुज्रिएका सामग्री बेचेर ग्राहक लुट्दै भाटभटेनी,  जरिवाना तिराएर ल्याइयो लाइनमा

    काठमाडौं । ग्राहकलाई बढी मूल्यमा सामग्री बिक्री गर्ने गरेको पाइएपछि भाटभटेनी सुपरमार्केटलाई जरिवाना तिराइएको छ ।

    संयुक्त बजार अनुगमन टोलीले शुत्रबार नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई जरिवाना तिराएको हो ।

    कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्यधिक मुनाफा लिनेगरी बिक्री वितरण गरेको पाइएकाले मूल्य समायोजन गरी बिक्री वितरण गर्ने चेतावनीसहित दुई लाख जरिवाना गरिएको संयुक्त अनुगमन टोलीमा रहेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्णप्रसाद पौड्यालले बताए ।

    मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्री वितरणका लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनका लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुज्रिएको अवस्थामा पाइएकाले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रिएका कच्चा पदार्थ नियन्त्रणमा लिई दुई लाख रुपैयाँ जरिमाना गरेको थियो ।

    आश्विन १५, २०७८ शुक्रवार १८:५५:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भाटभटेनी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana