Logo

आइतवार, मंसिर १२ गते २०७८

images

देउवाविरुद्ध व्यापक माेर्चाबन्दी, शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जादैँ

देउवाविरुद्ध व्यापक माेर्चाबन्दी, शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जादैँ

नेपालपाना आश्विन १६ २०७८
  • 3.9K
    SHARES
  • देउवाविरुद्ध व्यापक माेर्चाबन्दी, शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जादैँ

    काठमाडौं। नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाविरुद्ध व्यापक मार्चाबन्दी चलेको छ । कांग्रेसमा चलिरहेको क्रियाशील सदस्यता विवाद र अधिवेशनको धाँधलीलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मोर्चाबन्दी बढाएको हो।

    देउवाविरुद्धको कदम सशक्त बनाउँन नेता पौडेल समूहका केही नेताहरु सभापति एवम् प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा नै जाने भएका छन् ।

    पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध डडेल्धुरा कांग्रेसका नेताह अनशनरत छन् । तीनै नेता कार्यकर्तालाई साथ दिन डा. शेखर कोइरालासहितका नेताहरु डडेल्धुरा जान लागेका हुन्। 

    डा. कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जान लागेका हुन्। 

    उनीहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी जाने र त्यहाँबाट सडकमार्ग हुँदै डडेल्धुरा जाने बताइएको छ ।

    आश्विन १६, २०७८ शनिवार १८:३०:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana