Logo

सोमवार, आश्विन १७ गते २०७९

पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्छः नेता प्रकाशमान सिंह

पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्छः नेता प्रकाशमान सिंह

नेपालपाना आश्विन १६ २०७८
  • 5.7K
    SHARES
  • पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्छः नेता प्रकाशमान सिंह

    काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । 

    नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताएका हुन् । 

    आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने उनले भने।  

    पार्टीका पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरे । 

    सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उनीहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उहाँको भनाइ थियो । 

    कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, उनले भने । 

    आश्विन १६, २०७८ शनिवार २१:०६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend