Logo

शनिवार, मंसिर १८ गते २०७८

images

'साइकल चोर सरकार छोड्' भन्दै मधेसमा 'भ्रष्टाचारी' मुख्यमन्त्री राउतविरुद्ध उर्लियो जनसागर

'साइकल चोर सरकार छोड्' भन्दै मधेसमा 'भ्रष्टाचारी' मुख्यमन्त्री राउतविरुद्ध उर्लियो जनसागर

नेपालपाना आश्विन १८ २०७८
  • 29.1K
    SHARES
  • 'साइकल चोर सरकार छोड्' भन्दै मधेसमा 'भ्रष्टाचारी' मुख्यमन्त्री राउतविरुद्ध उर्लियो जनसागर

    काठमाडौं । 'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान' अन्तर्गत साइकल खरीद भ्रष्टाचारमा मुछिएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध मधेसमा प्रदर्शन भएको छ ।

    प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग्दै सिके राउतको जनमत पार्टीले सोमवार जनकपुरमा प्रदेश २ सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

    प्रदर्शनकारीले ‘साइकल चोर- सरकार छोड् । भ्रष्ट सरकार-राजीनामा दे १ मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाएका छन् ।

    मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित 'मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान'मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

    आश्विन १८, २०७८ सोमवार १६:२०:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana